
पवित्र धार्मिकस्थल दाउन्नेदेवीको काखमा अवस्थित बर्दघाट नगरीमा समय सापेक्ष र युग सुहाउँदो शिक्षा प्रदान गर्ने उद्देश्य अनुरुप यस क्षेत्रका शिक्षाप्रेमी, समाजसेवी, शुभचिन्तक, बुद्धिजीवी एवम् अभिभावकहरुको सद्भाव र प्रेरणाबाट वि.सं.२०४९ सालमा यस कुमुदिनी आवासीय विद्यालयको स्थापना भएको कुरा यहाँहरुलाई अवगतै छ ।
सहरिया कोलाहलबाट पूर्णतयामुक्त,शान्त,मनोरम वातवरण र भौतिक पूर्वाधारले सम्पन्न बर्दघाट बजारको मुटुमा अवस्थित यस विद्यालय स्थापनाकालदेखिनै सुयोग्य, अनुशासित, क्षमतावान्, बौद्धिक र कर्मशिल विद्यार्थी उत्पादनमा युगानुकुल शिक्षा प्रदान गर्दै आइरहेको छ । अनुशासित विद्यार्थी गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धताको मूलमन्त्रलाई आत्मसाथ गर्दै अभिभावकहरुको चाहनाअनुरुप यस विद्यालयले गत शैक्षिक वर्ष २०६९ देखि साना बालबालिकाहरुका लागि पूर्ण मन्टेश्वरी शिक्षण पद्धतिमा आधारित मन्टेश्वरी कक्षाहरु सफलताका साथ सञ्चालन गरिरहेको छ ।
यस विद्यलयले जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । आगामी दिनमा कुमुदिनी आवासिय उच्च माध्यमिक विद्यालयलाई यस क्षेत्रकै सर्वोत्कृष्ट र्शक्षिक गन्तव्य बनाउने हाम्रो उद्देश्य रहेको छ । यसर्थ उत्कृष्ट नतिजा र गुणस्तरीय शिक्षाको खोजिमा रहनु भएका सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरुलाई यस कुमुदिनी आवासीय उच्च माध्यमिक विद्यालय हार्दिक स्वागत गर्दछ।